कात्तिक १ गते २०८३ || October 17, 2026

नक्कली कागजात बनाउने दुई जना पक्राउ


बिहीबार , कात्तिक १६ २०८००२:४९

नक्कली कागजात बनाउने दुई जना पक्राउ

नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली श्रम स्वीकृतिलगायतका कागजात बनाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौँ वनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र त्यहीका हाल काठमाडौँको नागार्जुन-१ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् । 

उनीहरूको साथबाट दुई थान मोबाइल बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाएको छ ।   

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend