स्याङ्जाको वालिङमा अटो रिक्सा दुर्घटना हुँदा १६ महिने शिशुको ज्यान गएको छ । वालिङ नगरपालिका वडा नं.१ खहरे स्थित भित्री सडकमा लु १ ह ३६८६ नम्बरको अटो रिक्सा शनिवार साँझ दुर्घटनामा परेको हो । वालिङबाट खहरे तर्फ जाँदै गरेको अटो अनियन्त्रित भई सडकमा नै दुर्घटनामा परेको छ ।
दुर्घटनामा परि घाइते भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१० कान्छी बजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीको १६ महिना की छोरी कायरा क्षेत्रीको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी कायराको उपचारका क्रममा गह्रौं प्राथमिक अस्पताल वालिङमा ज्यान गएको हो ।
अटोमा चार जना सवार रहेको भए पनि अन्य सबै यात्रु सकुशल रहेकोर । अटो र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको तथा कागजपत्र साथमा नभएको प्रहरीको भनाई छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।