कात्तिक १ गते २०८३ || October 17, 2026

बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने अर्थमन्त्री महत


बुधबार, मंसिर ६ २०८००९:११

बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने बताउनुभएको छ। 

मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालासँगको छलफलपछि यस्तो बताउनुभएको हो। उहाँले ऋण लिएर ऋण नतिर्नेको सुनुवाइ राज्यबाट नहुने बताउनुभयो। उहाँले अफ्ठ्यारोमा परेकालाई भने सरकारले केही समय उपलब्ध गराउने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘साना उद्योग व्यवसायलाई प्रमोट गर्ने क्षेत्रमा पनि अझ तदारुकताका साथ काम गर्ने निष्कर्ष निस्कियो। जो साँच्चिकै समस्यामा छन्, उनीहरुलाई सरकार र राष्ट्र बैंकको तर्फबाट सहजीकरण गर्ने भन्नेकुरा आएको छ। तर ऋणको सवालमा ऋण लिएर, पैसा लिएर तिर्दै तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनुवाइ हुँदैन, त्यो तिर्नैपर्छ। जो अफ्ठ्यारोमा छ, त्यसमा समय दिने सहजीकरण गर्ने भन्नेकुरामा सरकार प्रतिवद्ध छ। उही ऋण लिने र उही ठूलो पल्टिने कुरालाई राज्यले सहन सक्दैन।’’

उहाँले राज्यको साधनश्रोतले भ्याएसम्म जनताको समस्या समाधान सरकार प्रतिवद्ध रहेको बताउनुभयो।  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend