कात्तिक २ गते २०८३ || October 18, 2026

गोली लागेको शव फेला


आइतबार, मंसिर १० २०८००८:५५

गोली लागेको शव फेला

इलामको फाकफोकथुम गाउँपालिका– ७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

स्थानीय दौलत लिम्बूको घर पश्चिम पट्टि लिम्बूको शव भेटिएको बताइएको छ । हेर्दा भरुवा बन्दुकको गोली छातीमा लागे जस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएकोछ   

लिम्बूको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाको अनुसन्धान सुरु गरिएको छ  ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend