कात्तिक २ गते २०८३ || October 18, 2026

उर्लाबारी आगलागी : थप एक जनाको मृत्यु


मंगलबार, मंसिर १२ २०८०११:५३

उर्लाबारी आगलागी : थप एक जनाको मृत्यु

मोरङको उर्लाबारी–७ स्थित एक सुन पसलमा गत कात्तिक २६ गते  भएको आगलागीमा परी घाइते भएका ४३ वर्षीय राम नरेश मरिता (यादव) को उपचारका क्रममा मृत्यु भएको छ ।

धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाका वडा नं. १ घर भई उर्लाबारी–७ मा क्लिनिक सञ्चालन गरी बस्दै आउनु भएका मरिताको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।

प्रहरीको रिपोर्टमा मरिताको शरीरमा १४ प्रतिशत मात्र जलन भएको उल्लेख थियो । 

आगलागी घटनामा परी यसअघि हेमकुमार दाहाल, कुमार तामाङ, तपन पण्डित र घरधनी रुकुमबहादुर कार्कीको मृत्यु भइसकेको छ ।

स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा लक्ष्मी पूजाको राति अचानक आगलागी सुरु भएको थियो । आगो नियन्त्रण प्रयासमा गएका चार प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए । घाइतेहरूको काठमाडौँस्थित बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend