कात्तिक १ गते २०८३ || October 17, 2026

राइफलसहित दुई युवा पक्राउ


मंगलबार, मंसिर १२ २०८०१२:०७

राइफलसहित दुई युवा पक्राउ

 सशस्त्र सीमा सुरक्षा गण–६ सप्तरीले एक बन्दुक र ५ राउन्ड राइफलको गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारीका १९ वर्षका धर्मजित कुमार यादव र सप्तरीको खडक नगरपालिका-११ बनौलीका १८ वर्षका हरिशंकर यादव रहेका छन् ।

जिल्लाको खडक नगरपालिका वडा नं.११ बनौलीस्थित हुलाकी सडक खण्डबाट विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको छ ।

धर्मजितको साथबाट ५ राउण्ड राइफलको (३०३) गोली फेला परेको र निजको साथमा रहेको हरिशंकरलाई पनि नियन्त्रणमा लिएको छ ।

दुवैजनामाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजाना सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend