कात्तिक १ गते २०८३ || October 17, 2026

गोली लागेर दुई जनाको मृत्यु


शुक्रबार, पुस १३ २०८००४:५०

गोली लागेर दुई जनाको मृत्यु

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली इपीएस परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ। 

शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा  २३ वर्षीय सुजन रावत र  २२ वर्षीय वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो। रावतको किष्ट कलेज र शाहको पाटन अस्पतालमा मृत्यु भएको उहाँको भनाइ छ ।
प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend