कात्तिक १ गते २०८३ || October 17, 2026

सरकार र परिवारबीच ४ बुँदे सहमति


सोमबार, पुस १६ २०८००७:०३

सरकार र परिवारबीच ४ बुँदे सहमति

सरकार र ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाउनेका परिवारबीच चार बुँदे सहमति भएको छ। सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ र दुबै जिल्लाका जनप्रतिनिधि माननीय दिक्पाल कुमार शाही(दैलेख-२),माननीय अमर बहादुर थापा (दैलेख -१),माननीय पुष्प बहादुर शाह (अछाम -२ ),माननीय दीपा कुमारी शर्मा र निवर्तमान मन्त्री तथा माननीय शेर बहादुर कुँवर(अछाम -१ )को  उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा चार बुँदे सहमति भएको हो ।


दुई पक्षबीच ज्यान गुमाउनेका परिवारबाट एक जनालाई रोजगारी दिने, ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहलाई शहिद घोषणा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने, पीडित परिवारलाई थप राहत उपलब्ध गराउने र परिवारले आजै शव बुझ्ने सहमति भएको छ।

सहमति पत्रमा पीडित परिवारका तर्फबाट वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवाल तथा सरकारका तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेका छन्।

शुक्रबार कोरियन भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।


  • सम्बन्धित विषय:

  • # घटना
  • # बालकुमारी घटना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend