असोज ३० गते २०८३ || October 16, 2026

अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री


शुक्रबार, फागुन १८ २०८००६:४७

अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री

 अर्थमन्त्री डा. प्रकाशसरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा पर्न थालेको बताएका छन्  । अर्थतन्त्रको कठिनपूर्ण अवस्थाबाट देशले विस्तारै सकारात्मक दिसातर्फको बाटो समातेको उनको भनाइ छ । 

कोभिड महामारीका कारण अर्थतन्त्रमा आएको शिथिलता, पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखापरेको समस्याका कारण मुलुकको आर्थिक अवस्था कठिनपूर्ण थियो, अर्थमन्त्री महतले भने , ‘‘सरकारको निरन्तर सकारात्मक प्रयासका कारण  अर्थतन्त्रले आफ्नो लय समातेको छ । देशमा पर्यटक आगमन वृद्धि भएको छ ।’

बैंक तथा वित्तिय संस्थाहरुमा देखा परेका समस्याहरु विस्तारै समाधान हुनथालेको उनले चर्चा गरेका छन्  । बैंकको ब्याजदर पनि घटन थालेको उनले बताए  । मुल्यवृद्धि घटेर लगानी गर्ने वातावरण तयार हुँदैगएको उनको  भनाइ छ । 

सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न पहल गरेका कारण आर्थिक गतिविधिहरु विस्तारै बढ्न थालेको उनले चर्चा गरे  । राष्ट्रिय गौरबका आयोजना मध्यपहाडी राजमार्ग र कालिगण्डकी कोरिडोरलाई पूर्णता दिन सरकारले आगामी बजेटमा पनि प्राथमिकता दिने उनले बताए  । 

सरकारले बजेट प्रणालीलाई अनुशासित बनाउने, आम्दानीको दायरालाई फराकिलो बनाउने र सहकारी तथा वित्तीय क्षेत्रमा आएका समस्यालाई समाधान  गर्न पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए  । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेकाले अहिल्यै आर्थिक गतिविधिका विषयमा नकरात्मक टिप्पणी गर्न नहुने उनको आग्रह छ ।  

अर्थमन्त्री महतले भने , ‘‘कानुनी र विधिको शासन स्थापित भएकाले अव हामीले हाम्रो आत्मविश्वास बढाउनु पर्छ । नेपालको आर्थिक रुपान्तरणको अभियान सुरु भएको छ । जलविद्युतको क्षेत्रमा ठूलो लगानी आउँदैछ । जसले हाम्रो विकास र समृद्धिको ढोका खोल्नेछ ।’’ 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend