कात्तिक १ गते २०८३ || October 17, 2026

सहकारीको ऋण नतिर्दा बचत फिर्तामा समेत समस्या


शनिबार, फागुन २६ २०८००६:३९

सहकारीको ऋण नतिर्दा बचत फिर्तामा समेत समस्या

समयमै सहकारीको ऋण नतिर्दा बचत फिर्तामा समेत समस्या भएको भन्दै बागमती प्रदेश सरकारले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको छ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सरोकारवालालाई सूचना जारी गर्दै सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको हो ।

जुन सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो सोहीबमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गर्न मन्त्रालयले आग्रह गरेको हो ।

सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको भन्ने गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले कर्जा चुक्ता गर्न आग्रह गरेको हो ।सहकारी संस्थाबाट सदस्यको बचत रकम नै कर्जाका रूपमा प्रवाह हुने हुँदा सदस्यको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend