कात्तिक १ गते २०८३ || October 17, 2026

बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर फिर्ता


शुक्रबार, वैशाख ७ २०८१०४:५७

बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर फिर्ता

बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर जिल्ला प्रहरी कार्यालय कास्कीले सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेको छ । 
जिल्ला प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार बिहीबार दिउँसो करिब डेढ बजेको समयमा ४३ वर्षीय मनोहर पवँरको पैसा राखेको झोला हराएको थियो । 
पोखरा–८ पृथ्वीचोकमा रहेको माताश्री ज्वेलर्समा काम गर्ने पवँरबिहीबार नयाँबजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न जाँदै थिए। पैसा राखेको झोला मोटरसाइकलको ‘लेग गार्ड’ बाट कहाँ खस्यो भन्ने पत्तै पाएनन् । हराएपछि मात्रै थाहा पाए ।
घटनालगत्तै उनले प्रहरीलाई खबर गरे । जिल्लाप्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दा उक्त झोलाभारत घर भई पोखरा–३ पालिखे चोकमा बस्ने ६५ वर्षीय छोटुलाल शर्माले भेटेको पत्ता लाग्यो । 
पैसाको झोला फेला पारेका शर्माकै रोहवरमा सुनारलाई उक्त रकम बिहीबारै फिर्ता गरिएको प्रहरीले जनाएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend