कात्तिक ३ गते २०८३ || October 19, 2026

भोटेकोशी गाँउपालिकाका कांग्रेस सभापती बिरुद्ध अदालतमा मुद्धा दायर


शुक्रबार, वैशाख २१ २०८१०९:२८

भोटेकोशी गाँउपालिकाका कांग्रेस सभापती बिरुद्ध अदालतमा मुद्धा दायर

सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकाका नेपाली कांग्रेस सभापती देबी बहादुर बुढाथोकीले स्थानीयहरुको हस्ताक्षर किर्ते तथा जालसाजी गरेको आरोपमा जिल्ला अदालत सिन्धुपाल्चोकमा मुद्धा दायर भएको छ ।
भोटेकोशी गाउँपालिका कार्यालय, गाउँपालिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष लगायतलाई विपक्षी बनाइ २०८१ बैशाख ४ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दा आफ्नो हस्ताक्षरलाई किर्ते गरेको पाइएकोले जिल्ला अदालतको ढोका ढकढकाउन बाध्य भएको मुद्दा दायरकर्ता राजेन्द्र थामीले बताए । 
प्रचलित कानुन र प्रकृया पूरा गरी स्थानीयसँग समन्वय गरी कार्य गरीरहेका जलविद्युत आयोजनालाई सभापती बुढाथोकीले पटक पटक मुद्दा हाली हैरान बनाउने गरेको आरोप राजेन्द्र थामीको छ । 
स्थानीयलाई रोजगारी प्रदान गरी आयआर्जन वृद्धिमा सहयोग पुर्याइरहेका र गाउँपालिकाको आय बजेटमा मुख्य योगदान पुर्याउने विभिन्न जलविद्युत आयोजनाको निमार्ण कार्यमा अवरोध पुर्याउने गरेको एक स्थानीय बासीन्दाले आरोप लगाएका छन् । 
सभापती देबी बहादुर बुढाथोकीले बाटो निर्माण गर्न परेको बजेटलाई फ्रिज गराउन अदालतमा मुद्दा दायर गरेको र विकास निर्माणका कार्यलाई अवरोध पुर्याएको  स्थानीयको आरोप छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend