प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै १८ जनाको शव घटनास्थलबाट संकलन गरिएको जानकारी दिएको छ।
दुर्घटनामा क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलबाट निकालिएको शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
वे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।
जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिएर रनवेको पूर्वमा दुर्घटना भएको हो।