कात्तिक १ गते २०८३ || October 17, 2026

बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने दुई जना पक्राउ


सोमबार, साउन २१ २०८११०:३९

बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने दुई जना पक्राउ

कास्की प्रहरीले बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने र त्यसमा सहयोग गर्ने गरी दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिका वडा नं. ६ लेक साइड, नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा–१७ निवासी २६ वर्षीय सुजन गहतराज र गहतराजलाई सघाउने ४३ वर्षीय पवन नेपाललाई शनिवार पक्राउ गरेको थियो ।

गहतराजको मुक्तिनाथ सपिङ सेन्टरमा साउन १६ गते राति सवा २ बजे आगलागी भएको थियो । 

आगलागीको भोलिपल्टै साउन १७ गते गहतराजले बिमामा क्षति दाबी गरी निवेदन दिएका थिए  । घरधनीले करिब ७५ क्षति भएको उल्लेख गरेको र गहतराजले डेढ करोड क्षति भएको दाबी गरी निवेदन दिएको खुलेको छ । 

मुक्तिनाथ सपिङ सेन्टरको सन् २०२४ मार्च १५ मा दुई करोड १० लाखको बिमा गरिएको थियो । पसल नचलेको, स्टक धेरै रहेको भनी नेपाल र गहतराजले मिलेर आगो लगाएको खुलेको छ । नेपालले गत वर्ष आफ्नो कृषि फर्ममा यसरी नै आगो लगाएर ३१ लाख क्षतिपूर्ति लिइसकेको प्रहरी अनुसन्धानमा खुलेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend