काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइलेस्टीको हेलिकप्टर दुर्घटना भएको खुलेको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ः४५ बजे उडेको ९एन–एजेडी हेलिकप्टर उडेको तीन मिनेटमै विमानस्थलको सम्पर्कबाट बाहिर पुगेको थियो ।
रसुवाको स्पफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका ७ मा दुर्घटना ग्रस्त भएको हो । दुर्घटनामा एक नेपाली र चार चिनियाँ नागरिकको मृत्यु भएको छ । सूर्य चौको जंगलमा हेलिकप्टर दुर्घटना भएको दृश्य देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।