कात्तिक २ गते २०८३ || October 18, 2026

मर्स्याङ्दीमा भारतीय बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जनाको उद्धार


शुक्रबार, भदौ ७ २०८१०१:२१

मर्स्याङ्दीमा भारतीय बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जनाको उद्धार

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ।

दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ।

भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो।

सशस्त्र प्रहरीका सहप्रवक्तासमेत रहेका डिएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो।

कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताउनु भयो ।

उनका अनुसार बसमा भारतीय नागरिकहरू रहेका थिए। बसमा करिब ४० जना यात्रु रहेको अनुमान छ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend