असोज ३० गते २०८३ || October 16, 2026

दुई आयोजनाको बिजुली निर्यात गर्न भारतको अनुमति


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९०५:२४

दुई आयोजनाको बिजुली निर्यात गर्न भारतको अनुमति

 

काठमाण्डौ -भारत सरकारले थप दुई वटा नेपाली आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले २४.२५ मेगावाटको काबेली(बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुलीलाई निर्यात गर्न अनुमति दिएको हो । यो अनुमतिसँगै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे(अहेड बजारमा करिब ४५२ मेगावाट बबराबरको आयोजनाले निर्यातको अनुमति पाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारतले चरणबद्ध रुपमा थप आयोजनाहरुलाई अनुमति दिइरहेको बताए । नदीको सहत घटेका कारण ततकाल भारतमा बिजुली निर्यात गर्न नसकिएपनि आगामी वषरयामका लागि यो अनुमतिले उत्साह थपेको उनको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # दुई आयोजनाको बिजुली निर्यात गर्न भारतको अनुमति
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend