कात्तिक १ गते २०८३ || October 17, 2026

राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन


बिहीबार , भदौ २७ २०८१०२:५५

राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन्  । काठमाडौँमा बिहीबार भन्सार विभागको कार्यक्रममा बोल्दै उनले  यस्तो निर्देशन दिएका हुन्  ।

अर्थ मन्त्री पौडेलले राजस्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढि उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिए । उनले ले राजस्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गरे  ।

उनले  गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए  । उनले  अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै  राजस्व परिचालनका दृष्टिकोणले धेरै चुनौति रहेको बताए  ।

अर्थ मन्त्री पौडेलले कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजस्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने जिकिर गरेका छन्  ।

उनले भनेका छन् , ‘‘राजस्वको लक्ष्य पूरा गर्ने र राजस्व परिचालनको अधिकतम सम्भवना पूरा गर्ने हिसावले अघि बढ्नुहोला । राजस्व परिचालनमा कुनैपनि सम्झौता हुनेछैन । यहाँहरुले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्नु होला ।’’

उनले  सेवाग्राहीसँग सहृदयी र मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गरे । सरुवा, बढुवाको प्रस्ताव लिएर कोही पनि नआउन आग्रह गरेका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend