असोज २९ गते २०८३ || October 15, 2026

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते


आइतबार, कात्तिक २५ २०८१०४:४१

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

दुर्घटनामा  घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भएको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर गएको  छ ।

थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend