कात्तिक ३ गते २०८३ || October 19, 2026

डाइभर र भरिया मात्रै होइन , जुन तहको नाइके भए पनि कारबाहीको दायरामा ल्याओस्


बुधबार, चैत ६ २०८१०६:३०

डाइभर र भरिया मात्रै होइन , जुन तहको  नाइके भए पनि कारबाहीको दायरामा ल्याओस्

२५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा पक्राउ परेको विषय सदनमा उठेको छ । मंगलबार पक्राउ परेका लामा  पाँच वर्षअघि काठमाडौंमा सुन बोक्ने भरियाका रूपमा काम गर्ने गरेको खुलेको छ ।
सांसदहरूले सुन तस्करीजस्ता घटनामा ड्राइभर र भरियालाई समाउने र मुख्य व्यक्तिसम्म नपुग्ने गरिएको भन्दै आपत्ति जनाएका छन् । त्यस्तो प्रवृति नदोहोर्‍याउन नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आग्रह गरेका छन्  । अहिले पनि सरकार भरिया र ड्राइभरलाई समातेर मेन नाइकेलाई समात्न सफल भएन भने फेरि आँखामा छारो हालेजस्तो देखिन पुग्छ,” खतिवडाले भने, “सरकार नाइकेसम्म पुगोस्, जुन तहको भए पनि कारबाहीको दायरामा ल्याओस् ।”
“सुन तस्करी पञ्चायत राजाको कालदेखि अहिलेसम्म जस्ताको जस्तै जारी छ । तर, पर्दा पछाडिका मानिस को हुन् भन्ने कुरा न ऊ बेलामा पक्रन सकियो । न यो बेलामा पक्रन सकिएको छ,”




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend