कात्तिक २ गते २०८३ || October 18, 2026

१२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ


बिहीबार , चैत ७ २०८११२:५१

१२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ

नवलपरासी पश्चिम प्रहरीले हुन्डी कारोबारको आशङ्कामा नेपाली १२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका २ भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका ८ पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनिया रहेका छन् ।

बरामद गरिएको रकमको स्रोत खुल्न नसकेकोले उनीहरूमाथि अवैध वित्तीय कारोबार ( हुन्डी ) को आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

पक्राउ परेका दुवैबाट प्रहरीले छुट्टाछुट्टै ६–६ लाख रुपियाँ नगद सहित भारतीय नम्बर प्लेटको २ थान मोटरसाइकल बरामद गरेको छ । भारतबाट नेपालतर्फ हुन्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सदरमुकाम परासीस्थित रामग्राम ५ बाइपास चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend