म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा बिहीबार साँझ करिब पाँच बजेको समयमा ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय देविन बिक (वर्ष १८) र पूर्णलाल रसाइली (वर्ष २१)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । चार जना घाइते मध्ये दुई जना स्थानीय कविराज बिक र कमल बिक रहेका छन् भने अन्य मालिका गाउँपालिका–६,दरबाङका विकास बिक र धवलागिरि गाउँपालिका–४,किस्मत बिक रहनुभएको वडा अध्यक्ष अकप्रसाद विकले जानकारी दिए । घाइते चार जनाको लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि बेनी पठाइएको वडा अध्यक्ष विकले जानकारी दिए ।