कात्तिक १ गते २०८३ || October 17, 2026

घरको बार्दलीबाट लडेर एक बालिकाको मृत्यु


शनिबार, चैत ९ २०८११२:३७

घरको बार्दलीबाट लडेर एक  बालिकाको मृत्यु

घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुङ्गानाकी २१ महिनाकी छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर ज्यान गएको हो ।  

जिल्ला सदरमुकाम दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आउनुभएका पोखरेल दम्पतीकी छोरी शुक्रबार साँझ बार्दलीबाट लडेको नातेदार डिएसपी पोखरेलले जानकारी दिए । 

बार्दलीबाट ढलान गरेको रोडमा लडेकी बालिका अनुसोयाको बाहिरी चोट भने देखिएको थिएन । उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । 
उपचारको लागि काठमाडौं लगिएको बालिकाको जयराम पुगेपछि राती करिब ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृत्यु हुने बालिका पोखरेल दम्पतीको पहिलो एक्लो सन्तान हुन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend