असोज ३० गते २०८३ || October 16, 2026

देश र जनताको हितका लागि काम गर्नुपर्छ : प्रधानमन्त्री केपी शर्मा


मंगलबार, चैत १२ २०८१०७:०८

देश र जनताको हितका लागि काम गर्नुपर्छ :  प्रधानमन्त्री केपी शर्मा

प्रधानमन्त्री केपी शर्माले देश र जनताको हितका लागि इमान्दारिताका साथ काम गरिरहेको बताएका  छन । उनले साना तिना कुरालाई उचाल्ने कार्य भइरहेको छ भन्दै सबै मिलेर देश र जनताको हितको लागि काम गर्नुपर्नेमा जाेड दिएका  हुन । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा आत्मकथा’ को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । 

नेपाल विद्युुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले  तिललाई पहाड बनाउने काम भइरहेको बताएका हुन।
प्रधानमन्त्री ओलीले भने , ‘‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु । आइडोलोजी आफ्नो आफ्नो हुनसक्छन् । देश साझा हो । तरिका सोच फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश । देश कसरी बनाउने भन्ने कुरा हो । 

प्रधानमन्त्री ओलीले भने , ‘‘एकजना मित्रको मैले स्टाटस पढेको थिएँ । त्यहाँबाट अवकाश प्राप्त भइसकेको मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँको क्याडरलाई नियुक्ति दिएको हो, बाहिरबाट कतैबाट खोजेर ल्याएर होइन । त्यस्तो मान्छे निस्कासन गर्नुभयो । अर्को ठाउँमा निकम्भा बनाएर सरुवा भनेर राखिदिए । रिटायर्ड मान्छेलाई ल्याएर राखिदिए । उनले उज्यालो ल्याए भनेर व्याख्या गरे छन । अघिल्लो चार वर्षको कार्यकाल पूरै त्यहीँ काम गरेका हुन् । त्यसबेला ल्याएका   थियो कि उनले नियुक्त गर्ने बित्तिकै आगो बोकेर आए , बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आए  कि ? वर्षौँ लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने । कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।’’


  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # प्रधानमन्त्री
  • # प्रचण्ड
  • # गगन थापा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend