इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान ९ः३० बजे सुरु भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झण्डै तीन सयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो। के कारणले आगो लागेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो।