असोज ३० गते २०८३ || October 16, 2026

तीनकुनेमा  राजावादीले एउटा घर आगो लगाए


शुक्रबार, चैत १५ २०८१०४:१५

तीनकुनेमा   राजावादीले एउटा घर आगो लगाए

 राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरी बीच झडप भएको थियो । प्रहरीले प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो । तर, उनीहरू प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेका थिए। काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा  प्रहार गरेर घरका सिसा फुटाएका हुन् । उग्र बनेका राजावादीहरूले तीनकुनेमा एउटा घरमा आगो  लगाएका  छन्। त्यसको  प्रभाबले अरु  घरलाई  असर  पुगेको छ ।  राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् ।  राजावादीहरू आक्रोशित भएको कारणले  प्रहरीले आन्दोलन कम गर्न  गोलि प्रहार गरेका हुन  ।  गोलि प्रहार गर्दा तीन जानलाई  लागेको छ।  अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। अहिले पनि त्यहाँ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन् ।  राजावादी समर्थकहरू झनै उच्छृंखल बनेका हुन् । 


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # मेयर र उपमेयर
  • # शेरबहादुर देउवा
  • # प्रकाशमान सिंह
  • # प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend