काठमाडौँ बानेश्वर–तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएपछि जिल्ला प्रशासन कार्यालयले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ। टिकट र परिचय पत्रका आधारमा यात्रुलाई सहजीकरण गर्न प्रशासनले सुरक्षाकर्मीलाई आदेश दिएको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना सार्वजनिक गर्दै हवाई यात्रुको सहजताका लागि टिकट र आधिकारिक परिचयपत्रको आधारमा सहभागीकरण गर्ने जानकारी गराएका हुन ।