असोज ३० गते २०८३ || October 16, 2026

घटनास्थल अनुगमनपछि दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक


शनिबार, चैत १६ २०८१०१:०७

घटनास्थल अनुगमनपछि दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले फरार रहेका दुर्गा प्रसाईंलाई चाँडै पक्राउ गर्ने बताएका छन्। शुक्रबार राजावादीको आन्दोलनको घटनास्थलमा अनुगमन गर्ने क्रममा उनले दुर्गा प्रसाईंको खोजी जारी रहेको र उहाँलाई छिट्टै पक्राउ गरिने जानकारी दिएका छन्।

लेखकले अनुसन्धान र छानबिनका आधारमा कारबाही गरिने उल्लेख गर्दै भने, “यदि यो देशमा लोकतन्त्र नहुँदा यस्ता आक्रमणहरू हुन्छन्।” उनले घटनाबारे गम्भीरतापूर्वक छानबिन हुने बताएका छन्। प्रहरीले अहिलेसम्म दुर्गा प्रसाईंका गुरु पुष्कर खतिवडा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा र स्वागत नेपाललाई पक्राउ गरिसकेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend