असोज ३० गते २०८३ || October 16, 2026

राजावादीले जरिवाना तिर्न एक दिनमै उठाए साढे ४ लाख, पूर्व राजाको नाम हटाउन बालेनलाई आग्रह


आइतबार, चैत १७ २०८१०६:५९

राजावादीले  जरिवाना तिर्न  एक दिनमै  उठाए साढे ४ लाख, पूर्व राजाको नाम हटाउन बालेनलाई आग्रह

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना तिर्न राजावादीहरूले रकम संकलन अभियान चलाएका छन्। 

सामाजिक सञ्जालमा राजावादीलाई समर्थन गर्दै आएका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाका अनुसार, हालसम्म चार लाख ५० हजार उठिसकेको छ ।
 उनीहरुले ७ लाख ९३ हजार रुपैया महानगरलाई जरिवाना तिर्ने भन्दै पूर्व राजाको नाम हटाउन बालेन शाहलाई आग्रह गरेका छन् ।

शनिबार महानगरले विभिन्न ९ शीर्षकमा आटवटा पत्र काट्दै सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । सो पत्र लिएर आइतबार बिहान महानगरको नगरप्रहरी टोली निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासले पत्र नबुझ्दा टोली गेटबाटै फर्किएको थियो । त्यसपछि महानगरले हुलाकमार्फत पत्र पठाएको थियो । 


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # मेयर र उपमेयर
  • # प्रम देउवा
  • # राष्ट्रिय परीक्षा बोर्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend