असोज ३० गते २०८३ || October 16, 2026

आजको प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागमा जवाफ दिने : प्रधानमन्त्री


सोमबार, चैत १८ २०८११०:४७

आजको प्रतिनिधिसभाको बैठकमा  विपक्षीको मागमा जवाफ दिने  : प्रधानमन्त्री

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाउँदै आएका मागमा जवाफ दिनुहुने छ । 

आजको बैठकका सम्भावित कार्यसूची :

सन्देश टेबुल

“बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने।

समितिको प्रतिवेदन पेस

पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले “जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१“ पेस गर्ने।

व्यवस्थापन कार्य
 ज्येष्ठ नागरिक  तथा महिला, बालबालिका  मन्त्री नवलकिशोर साह सुडीले :–

(क) “मानव बेचबिखन तथा ओसारपसार  विधेयक, २०८१“ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने।

(ख) “मानव बेचबिखन तथा ओसारपसार  विधेयक, २०८१“ प्रस्तुत गर्ने।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

गृहमन्त्री रमेश लेखकले “नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले :–

(क)  “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्“ भनी प्रस्ताव प्रस्तुत गर्ने । 

(ख) “राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्“ भनी प्रस्ताव प्रस्तुत गर्ने ।


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # प्रधानमन्त्री


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend