शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीहरूको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई तीन दिनसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । फरार रहेका प्रसाईं भने सामाजिक सञ्जालमा सक्रिय छन् ।
शुक्रबार साँझदेखि प्रहरीका विशेष टोलीहरू परिचालित भए पनि उसलाई पक्राउ गर्न सकेको छैन । सामाजिक सञ्जालमा सो घटनाको दोष सरकारलाई नै दिइरहेका छन् । आइतबार सामाजिक सञ्जाल फेबसुकमा भिडियो पोस्ट गर्दै उसले आफू काठमाडौंकै एक मन्दिरमा बसेको बताए । आफूलाई भेटेलगत्तै गोली हान्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएकाले सुरक्षाका लागि लुकेको उसको दाबी छ ।