कात्तिक २ गते २०८३ || October 18, 2026

काठमाडौंको एक मन्दिरमा छु भनेका प्रसाईंले देश छाडेको सम्भावना


सोमबार, चैत १८ २०८११२:३१

काठमाडौंको एक मन्दिरमा छु भनेका  प्रसाईंले देश छाडेको सम्भावना

राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंको तीनकुनेमा ‘अराजक प्रदर्शन’ भयो। त्यस दिन तीनकुनेमा हिंसा मच्चियो । दुई जनाको ज्यान गयो । एकजना पत्रकारलाई घरभित्रै आगो लगाएर ज्यान लिइयो । 

नियन्त्रणमा लिइसकेका प्रसाईंलाई किन छाडियो ? नियन्त्रणमा लिन आदेश माग्दा माथिबाट किन दिइएन ? फिल्डमा खटिएका प्रहरीको मनोबल गिराउने काम किन भयो ?लगायतका प्रश्न अहिले प्रहरी संगठनभित्र उठिरहेको छ ।

“हामीलाई पक्राउ गर्नू भन्ने आदेश नै बेलुका ६ बजेपछि आएको हो,” फिल्डमा खटिएका एक प्रहरी अधिकारीले टिप्पणी गर्दै भने, “त्यसबेला उनी काठमाडौं कट्ने तरखरमा थिए ।

“उनले काठमाडौंको एक मन्दिरमा छु भनेर भनेका छन्, तर उनी रातारात मोटरसाइकलमा भारत पुगिसकेको खबर छ,” उनले भने । मोटरसाइकलमा चढेर रातारात हेटौंडा हुँदै भारत पुगेको र नेपालकै मन्दिरमा छु भनेर बनाएको भिडियो पनि भारतकै एक मन्दिर भएको  प्रहरीको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend