कात्तिक २ गते २०८३ || October 18, 2026

आफ्नै सन्तानको भलो नचाहने राजतन्त्रले देशको भलो भएको कदापी सहदैन : सांसद अमरबहादुर थापा


सोमबार, चैत १८ २०८१०२:३९

आफ्नै सन्तानको भलो  नचाहने राजतन्त्रले देशको भलो भएको  कदापी  सहदैन :  सांसद अमरबहादुर थापा

नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले राजावादीको आन्दोलनले आफ्नो पार्टीलाई निसानामा बनाएको बताएका छन्।

संसद्को विशेष समयमा बोल्दै थापाले आफ्नो पार्टी कार्यालयमा गएर विधंस मच्चाएर आगजनी समेत भएको बताए। ‘घरघरमा पसेर लुटपाट भयो। कस्तो राजा खोजेको हो? जनतालाई लुट्ने राजा खोजेको हो कि? जनतालाई सम्मान गर्ने राजा खोजेको हो? यो कुरा जनताले बुझ्न जरुरी छ’, थापाले भने, ‘यदी राजा असल थिए भने यो देश स्वीट्जरल्यान बनिसक्थ्यो। १२ पुस्तासम्मको वंशले काठमाडौँ महानगरपालिका कब्जा गथ्र्यो होला। राजा वीरेन्द्र मर्दा किरिया गर्नेसमेत मान्छे नभेट्ने आफ्नै सन्तानको प्रगति नचाहने राजतन्त्रले देशको प्रगती हुँदैन। राजावादीले आन्दोलनमाा पत्रकारलाई जिउँदै जलाएर मारिएको भन्दै राज्यले बल प्रयोग गर्न नसकेको बताए। 


  • सम्बन्धित विषय:

  • # अमर बहादुर थापा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend