अर्घाखाँची भूमिकास्थान नगरपालिका-७ पानडाँडामा घर र गोठ जलेर नष्ट भएका छन् । घरमा आगो एक्कासि लागेको र सबै घरगोठ जलेर पूर्ण रूपमा क्षति भएका छन्। गोठमा रहेका एउटा भैंसी, एउटा पाडो, ९ वटा बाख्रा र ५९ वटा कुखुरा जलेर नष्ट भएका छन्
स्थानीय लोकबहादुर थापाको तीन तले घर, रेलबहादुर थापाको कच्ची गोठ र तिलक बहादुर रायमाझीको कच्ची घर र शौचालय जलेर नष्ट भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताएका छन ।
आगलागी भएपछि स्थानीय सुरक्षाकर्मीलगायतको टोलीले निभाएको थियो।