कात्तिक २ गते २०८३ || October 18, 2026

राजावादी आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकका परिवारले भेटे प्रधानमन्त्री


सोमबार, चैत १८ २०८१०६:३३

राजावादी आन्दोलनमा  मारिएका पत्रकार सुरेश रजकका  परिवारले भेटे प्रधानमन्त्री

 चैत १५ गतेको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । 

 प्रधानमन्त्री ओलीले अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दैै परिवारमा समवेदना व्यक्त गरे । 

ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने प्रक्रिया सुरु भएको बताए । उनले सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिनेसमेत बताए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend