असोज ३० गते २०८३ || October 16, 2026

“गणतान्त्रिक शासन व्यवस्थामा राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन ”


सोमबार, चैत १८ २०८१०७:१८

“गणतान्त्रिक शासन व्यवस्थामा राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन ”

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्ध गराउन फेरि रेडियो नेपालको भूमिका अहम हुने बताउनुभएकोछ । 

काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५ औँ वार्षिकोत्सव  कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामान्तप्रवृत्तिको रहेको बताउनुभयो । । पूर्व राजा ज्ञानेन्द्रले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौमसत्ता सम्पेको इतिहास सम्झाउँदै अहिले फेरि हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण काम हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “गणतान्त्रिक शासन व्यवस्थामा राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन ।”  नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारको प्रशंसाभन्दा जनतालाई सही सूचना प्रसारण गर्ने पिएसबीको प्रमुख दायित्व हुने बताउनुभयो । रेडियो नेपाल प्रत्येक जनताको घर दैलोमा गुन्जिनु पर्ने र यसका लागि नेपालको माटो सुहाउँदो पिएसबी मोडलका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव समेत उहाँले कार्यक्रममा राख्नुभएको थियो । “राष्ट्रिय एकता सिर्जना गर्ने माध्यम रेडियो नेपाल भएकाले सबै जनताको पहुँचमा पुर्‍याउन जरुरी छ” उहाँले भन्नुभयो । 


  • सम्बन्धित विषय:

  • # मेयर र उपमेयर
  • # शेरबहादुर देउवा
  • # प्रधानमन्त्री
  • # प्रकाशमान सिंह
  • # प्रचण्ड
  • # गगन थापा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend