कात्तिक ३ गते २०८३ || October 19, 2026

कुटपिट गरी प्रहरीको पेस्तोल लुटियो


मंगलबार, चैत १९ २०८११०:५६

कुटपिट गरी प्रहरीको पेस्तोल लुटियो

मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा लागु औषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ । कैलाश गाउँपालिका ६  स्थित दुम्सीखर्क जङ्गलमा लागु औषध कारोबारी रहेको सूचना पाएर सोमबार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित त्यहाँ गएको प्रहरी टोली माथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले अफिम कारोबारीहरू त्यहाँ रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटिएको जानकारी दिनुभयो । 

हवलदार तामाङ र सहायक हवलदार मग्राती लागु औषध कारोबार भइरहेको सूचना पाएर जङ्गलमा गएकोमा अफिम र मोटरसाइकल छाडेर लागु औषध कारोबारी भागेका थिए। घटना पाए लगतै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भए पनि हतियार अझै फेला नपरेको जनाएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend