कात्तिक ३ गते २०८३ || October 19, 2026

अमेरिकामा १० हजार सरकारी कर्मचारीको जागिर गुम्दै


बुधबार, चैत २० २०८१०३:२४

अमेरिकामा १० हजार सरकारी कर्मचारीको जागिर गुम्दै

अमेरिकामा हजारौं सरकारी स्वास्थ्यकर्मीहरूले जागिर गुमाउने भएका छन् । स्वास्थ्यकर्मीहरु सहित अन्य सरकारी कर्मचारीले जागिर गुम्ने बताइएको छ। कर्मचारीहरूलाई मङ्गलबार कार्यालयको गेटमा रोक्दै यसको सुरुवात गरिएको थियो।

अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले गत हप्ता १० हजार कर्मचारीलाई बर्खास्त गरिने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपतिको कार्यालयले गत हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए) का ३ हजार ५०० कर्मचारीलाई हटाउने योजना रहेको बताएको थियो।

साथै, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र  बाट २ हजार ४०० कर्मचारीहरूलाई बर्खास्त गरिने भएको छ । यसबाहेक, प्रशासनले राष्ट्रिय स्वास्थ्य संस्थानबाट पनि १ हजार २०० कर्मचारीलाई हटाउनुपर्ने बताएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend