कात्तिक ३ गते २०८३ || October 19, 2026

भाटभटेनीका सुरक्षा गार्ड भन्छन: एका एक समान लुटिदै गयो मैले पनि साइडको लाठिले


बुधबार, चैत २० २०८१०६:१६

भाटभटेनीका सुरक्षा गार्ड भन्छन: एका एक समान लुटिदै गयो मैले पनि साइडको   लाठिले

"चैत १५ गते राजावादी प्रदर्शनमा  भाट भटेनी सुपर मार्केटमा पनि  आतंककारी आए। ढुंगामुढा गर्न थाले।  बहुमतको अगाडी कसको के लाग्छ  ज्यान त जोगाउ  नै  पर्यो भनेर हामि  साइड लागेर बस्यौँ । तर हामी साइडमा बस्दा उनीहरू सबै पसेर लुट्न थाले। गोदाममा भएको  समान एकाएक गर्दै लुटिन थाल्यो ।  फलफूल, बियरका बोतल, वाइन, राइसकुकर फ्रिज सबै लिएर गए। अब यसरी लौ भएन भनेर हामी सबैजना टिम मिलेर यता आयौँ । अरू भित्रबाट लखट्ने, म चाहिँ बाहिर बसेर ड्याङ् कि ड्याङ हान्ने । बाहिर म एक्लै  थिए ।  आफुसग हान्ने त्यस्तो गतिलो  केहि थिएन साइडमा  लाठि रहेछ मैले पनि तेही  टपक्क टिपेर नडराई हान्न थाले।"- भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुली भन्छन। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend