कात्तिक ३ गते २०८३ || October 19, 2026

सिन्धुलीमा मोटरसाइकल र ईभी ठोक्किँदा ११ जना घाइते


बिहीबार , चैत २१ २०८१११:०८

सिन्धुलीमा मोटरसाइकल र ईभी ठोक्किँदा ११ जना घाइते

सिन्धुलीको दुधौली नगरपालिका-४ एकहटियामा मोटरसाइकल र ईभी गाडी एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

उदयपुरबाट काठमाडौं जाँदै गरेको बा–प्र ०३–०१–४४५ नं को ईभी गाडी र डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको प्र २–००१–प७०११ नं मोटरसाइकल एक आपसमा ठाेक्कि एर दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको सिर्थौली नगर अस्पतालमा उपचार भइरहेको  छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend