कात्तिक ३ गते २०८३ || October 19, 2026

गुरागाईं कार्यालय छिरेपछि बालेन भन्छन – किन आए, थाहा छैन


बिहीबार , चैत २१ २०८११२:३६

गुरागाईं कार्यालय छिरेपछि बालेन भन्छन  – किन आए, थाहा छैन

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय प्रवेश गरेको विषयमा मेयर बालेन शाह भने अनभिज्ञ देखिएका छन् । मेयर बालेनको सचिवालयका अनुसार गुरागाईं किन महानगर आएका हुन भनेर मेयर लाई कुनै जानकारी छैन ।

मेयरको सचिवालयका एक सदस्य भन्छन्, ‘कार्यपालिका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृतलाई बोकेर ल्याउनु भयो । उहाँ(प्रमुख प्रशासकीय अधिकृत) किन आउनु भएको हो हामीलाई थाह छैन ।’

उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend