सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षक महासंघले सरकारले बोलाएको वार्ताको औचित्य नभएको बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो । तर, महासंघले भने वार्ताको औचित्य नभएको भन्दै ऐन जारी गर्न माग गरेको छ ।
बुधबारदेखि भने अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन् । शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन्
यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भइ सकेको छ । सो सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन् । ‘शिक्षक समुदायसँग विगतझै फेरि पनि सान्दर्भिक छलफल गर्न र साँजा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा करम्चारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भनेका छन्–‘विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक छ ।’