असोज ३० गते २०८३ || October 16, 2026

हेलिकप्टरबाट गर्भवतीको उद्धार


शुक्रबार, चैत २२ २०८१११:०७

हेलिकप्टरबाट गर्भवतीको उद्धार

जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ की सबिना बुढामगरलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुने धेरै समयअगाडि नै अत्यधिक रक्तस्राव भएपछि उहाँलाई जिल्ला अस्पताल कालीकोटमा भर्ना गरिएको थियो । अस्पतालले दुई पिन्ट रगत चढाउँदा पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि हेलिकप्टरमार्फत उहाँको उद्धार गरिएको हो ।

हेलिकप्टरमार्फत सुर्खेत उद्धार गरिएकी गर्भवती बुढामगरको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको चिकित्सकको भनाइ छ । सबिनाको गर्भ बसेको जम्मा १६ हप्ता भएको थियो । एक्कासि रक्तस्राव भएकाले परिवारका सदस्यले जिल्ला अस्पताल कालीकोट पुर्‍याएका थिए । 

अस्पतालको सुझाव अनुसार जिल्ला प्रशासन कार्यालय कालीकोटले तत्काल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान समन्वय एकाइलाई पत्राचार गरेपछि बुढाको ज्यान जोगिएको डा. पाण्डेको भनाइ छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend