कात्तिक १ गते २०८३ || October 17, 2026

कञ्चनपुरमा यातायात मजदुर आन्दोलित, यात्रु अलपत्र


शुक्रबार, चैत २२ २०८१०१:२४

कञ्चनपुरमा यातायात मजदुर आन्दोलित, यात्रु अलपत्र

 कञ्चनपुरमा यातायात व्यवसायीहरुले यातायातका साधन ठप्प पारेका छन् । यातायात व्यवसायीहरुले महेन्द्रनगरबाट पूर्वपश्चिम राजमार्ग भएर चल्ने यातायातका साधनहरू ठप्प पारेका छन् ।

बस चालक मुकेश राज अवस्थीमाथि अन्याय हुने गरी एक न्यायाधीशले झुटा मुद्दा चलाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

यातायात मजदुर संघ, स्वतन्त्र यातायात मजदुर संघ र अखिल नेपाल ट्रेड युनियन महासङ्घ कञ्चनपुरले संयुक्त विज्ञप्ति जारी गर्दै गत माघ १९ गते सु.प्र.०२००१ ज ४४७ नम्बरको बसले प्रदेश ३०२०१२ प ९४०२ नम्बरको मोटरसाइकललाई कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा ठक्कर दिँदा मोटरसाइकल चालक सनत रेग्मी र पछाडि सवार जोशी सामान्य घाइते भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उपचार खर्च व्यहोरेका उनीहरूले उक्त रकम दिन नसकेपछि इलाका प्रहरी झलारीमा झुटा मुद्दा दर्ता गरी फसाउन खोजेको आरोप मजदुर संघको छ ।

प्रहरी प्रशासनले कुनै छानबिन नगरी मुद्दा अघि बढाएको र चालक अवस्थीलाई दुई महिनादेखि बिना कारण अनावश्यक हिरासतमा राखिएको आरोप मजदुर सङ्गठनहरूले लगाएका छन् । विज्ञप्तिमा अदालतमार्फत उनलाई कारागार चलान गराउन खोजिएको भन्दै कडा आपत्ति जनाइएको छ । सङ्गठनहरूले चालक अवस्थीलाई अन्यायपूर्वक थुनामा राखेर मानसिक यातना दिइएको आरोप लगाउँदै उनको अविलम्ब रिहाइको माग गरेका छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend