असोज ३० गते २०८३ || October 16, 2026

मानव बेचबिखन कसुरमा १० वर्ष कैद सजाय तोकिएर फरार रहेकी महिला पक्राउ


शुक्रबार, चैत २२ २०८१०३:२०

मानव बेचबिखन कसुरमा १० वर्ष कैद सजाय तोकिएर फरार रहेकी महिला पक्राउ

मानव बेचबिखन कसूरमा १० वर्ष कैद सजाय तोकिएको फरार भएकी एक महिला  पक्राउ परेकी छन्।

इलामको माई नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-९ बस्ने २८ वर्षीय चिनीमाया लिम्बू भनिने चिनमाया लामा लिम्बू पक्राउ परेकी हुन्।

'२०८१ मंसिर ५ गते उनलाई जिल्ला अदालत काठमाडौंले मानव बेचबिखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना तोकेको थियो,' उनले भने, 'त्यतिबेला देखि नै उनी फरार थिइन्।' 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend