असोज ३० गते २०८३ || October 16, 2026

तनहुँको भानुमा बस पल्टियो : १५ जना घाइते, चालक फरार


शुक्रबार, चैत २२ २०८१०६:४३

तनहुँको भानुमा बस पल्टियो : १५ जना घाइते, चालक फरार

 तनहुँको भानुमा बस दुर्घटना भएको छ । शुक्रबार जिल्लाको भानु नगरपालिका १ अधेरी खोला नजिक बस पल्टिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख दीपक कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् । जसमध्ये दुई जना गम्भीर घाइते र दुई जनाको अवस्था मध्यम रहेको छ । अन्य ११ जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । ।

चितवनको नारायणगढबाट लम्जुङको बेँसीसहर तर्फ जाँदै गरेको ग. १ ख. ६४९८ नम्बरको बस शुक्रबार दिउँसो ४ः२५ बजेको समयमा दुर्घटना भएको प्रमुख कुँवरले बताउनुभयो । बसका चालक भने फरार रहेका छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend