कात्तिक १ गते २०८३ || October 17, 2026

रवि पक्राउ लगत्तै रास्वपाको ३ घण्टा बैठक, केके भयो छलफल?


शनिबार, चैत २३ २०८११०:५५

रवि पक्राउ लगत्तै रास्वपाको ३ घण्टा बैठक, केके भयो छलफल?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउलगत्तै केन्द्रीय सचिवालयको शुक्रबार राति करिब ३ बैठक बसेको छ 

सभापति रवि लामिछानेलाई अदालतको आदेशमा पक्राउ गरिएपछि चितवनको सभाबारे अन्योल बढेको थियो। पक्राउ गर्न प्रहरी घरमै आइसकेपछि रविले सामाजिक सञ्जालमार्फत सभा नरोक्न भनेका थिए।रवि पक्राउ परेपछि राति ११ बजे आकस्मिकरुपमा बसेको बैठक साढे १ बजेपछि सकिएको थियो। बैठकले सभा नरोक्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

अर्याल उपसभापति हुन्।यसअघि पनि रविले आफ्नाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर हुनासाथ अर्याललाई कार्यवाहक सभापति तोकेका थिए।
कास्कीमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएका कारण रवि सांसद पदबाट निलम्बित छन्। सभापतिका रुपमा भने ५ दिनअघि मात्र पार्टीमा पुनः सक्रिय हुन थालेका थिए। शुक्रबार तुल्सीपुर उच्च अदालतको बुटवल इजलासले रविलाई सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेलगत्तै बूढानीलकण्ठस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

कार्यवाहक प्रवक्ता झाले दिएको जानकारी अनुसार रास्वपाको बैठकले गरेका निर्णय यस प्रकार छन्-
 १.पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा — त्यो पनि बेडरुमभित्र बसेर — जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर-संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने।

२ आज चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने। राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।

३. पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्यालज्यूलाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend