कात्तिक १ गते २०८३ || October 17, 2026

अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु


शनिबार, चैत २३ २०८१०४:४८

अछाममा घाँटीमा मासु अड्किएर  एक जनाको मृत्यु

अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाइ खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend