पाख्रीबास नगरपालिका वडा नम्बर ९ उत्तरपानीमा भीषण आगलागी हुँदा ११ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । स्थानीय अमर श्रेष्ठको दुई तले घरमा आगलागी भएको हो । शनिबार साँझ ७ः३० बजे टिभि कोठाबाट अचानक आगो सल्किएको हो ।
पीडित श्रेष्ठका अनुसार आगलागीबाट घरसँगै सञ्चालनमा रहेको किरानाको होलसेल पसल र नगद पाँच लाख रुपियाँ पूर्ण रुपमा जलेर नष्ट भएका छन् । त्यसैगरी श्रेष्ठकै निर्माणाधीन दुई तले पक्की घरको झ्याल, ढोका र भित्तामा समेत क्षति पुग्दा झण्डै ११ करोड रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक सुमन खड्काले जानकारी दिनुभयो । विद्युत सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।