असोज ३० गते २०८३ || October 16, 2026

रविको आदेशमा सन्दीपको आदेशको अंश ‘कपी’


आइतबार, चैत २४ २०८१०७:१८

रविको आदेशमा सन्दीपको आदेशको अंश ‘कपी’


उच्च अदालत तुलसीपुरको बुटबल इजलासले सहकारी ठगीको मुद्दा खेपिरहेका पूर्वगृहमन्त्री एवं रवि लामिछानेलाई थुनामा पठाउने आदेश गर्‍यो । न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीले शुक्रबार जारी गरेको आदेशको ठूलो हिस्सा हुबहु सारेको(कपी-पेष्ट) गरेको फेला परेको छ ।    

सांकेतिक नाम गौशाला–२६ माथि बलात्कार गरेको आरोप खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश गर्दा उच्च अदालत पाटनले जारी गरेको आदेशको ठूलो हिस्सा कपी पेष्ट गरेर रवि लामिछानेलाई थुनामा पठाउने आदेश तयार गरेको देखिन्छ ।

कुनै व्यक्तिलाई थुनामा पठाउने वा छाड्ने आदेश लेख्दा अदालतहरुमा एकखालको ‘फर्म्याट’ नै हुन्छ । सुरूमा निवेदकका कानुन व्यवसायीहरुको नामसहित उनीहरुले गरेको बहसको सारसंक्षेप लेखिन्छ । त्यसपछि अर्को पक्षका कानून व्यवसायीहरुको नामसहित उनीहरुले गरेको बहसको सारसंक्षेप समावेश हुन्छ ।

त्यसपछि आरोप पत्रमा उल्लेखित तथ्यहरुको सारसंक्षेप उल्लेख गरेर न्यायाधीशहरुले आरोपितलाई सामान्य तारेखमा छाड्ने, धरौटी माग्ने वा थुनामा पठाउने तीन विकल्पमध्ये एउटा विकल्प सहितको आदेश गर्छन् । न्यायाधीशहरु ढकाल र पराजुलीको इजलासले बुटबलको सूर्यदर्शन सहकारीको रकम अपचलनका विभिन्न घटनाक्रम र त्यसमा रवि लामिछाने पनि जोडिएको देखाउँदै उनलाई तारेखमा छाड्न नमिल्ने राय लेखेका थिए ।

त्यसपछिका कैयौं अनुच्छेदहरु एकपछि अर्को हुबहु कपी–पेष्ट भएको देखिन्छ । करिब ५५ सय शब्दको सन्दीप लामिछानेको थुनछेक आदेशमध्ये झण्डै आधाजसो अनुच्छेदहरु सारेको देखिन्छ । ‘कपी–पेष्ट’ भएका सबै अनुच्छेदहरु फौजदारी अभियोग लागेकाहरुका हकमा आकर्षित हुने थुनछेकसम्बन्धी विधिशास्त्र(बेल–जुडिसप्रुडेन्स)सँग सम्बन्धित छन् । एउटा  इजलासले एकै दिन कैयौं आदेश तयार गर्नुपर्ने भएकाले अदालतहरुमा ‘एउटा फर्म्याट’ तयार गरिने र त्यसैमा अरु विषय समावेश गरेर आदेश जारी गर्ने अभ्यास रहेको उनी बताउछन् ।

‘तर चार/पाँच पेज हुबहु मिल्ने भन्‍ने हुँदैन, त्यसरी मिल्यो भने स्वभाविक मानिदैन’ उनी भन्छन्, ‘उही न्यायाधीश छ, आफ्नो विवेक अनुसार उस्तै खालका सैद्धान्तिक विषयवस्तु लेख्यो भने त अन्यथा नहोला, तर अरु न्यायाधीशले यसैगरी हुबहु लेखेमा प्रश्न उठ्नसक्छ । जे भए पनि मुख्य कुरा, सन्दर्भ मिल्छ/मिल्दैन, त्यो कुरा हेर्नुपर्छ ।’

आदेशमा के छ ?

न्यायाधीशहरु रमेश ढकाल र  स्वीकृति पराजुलीले फौजदारी न्यायप्रणालीमा थुनछेक विधिशास्त्रको महत्वको व्याख्या गर्दै भारतीय न्यायमूर्ति जष्टिस भी.आर.कृष्ण ऐयरको मतबाट अनुच्छेद सार्न सुरु गरेका छन् ।

ती सबै बुँदा हुबहु उतार्दै उच्च अदालतको बुटबल इजलासले पाटनको आदेशमा सन्दीप लामिछानेको प्रसँग नआउदासम्मको भाग जस्ताको तस्तै सारेको छ । त्यसपछि सहकारी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बा रहेको औँल्याउदै सुप्रिम सहकारीको प्रसंग ल्याएका छन् ।

त्यसपछि केही तथ्यहरु उल्लेख गर्दै न्यायाधीशहरु ढकाल र पराजुलीले लामिछानेलाई थुनामा पठाउनुपर्ने आधार र कारण लेखेर आदेश टुंग्याएका छन् ।

उनीहरुले पाटनको आदेशको हिस्सा कपी पेष्ट नगरेको भए पनि रवि लामिछानेको हकमा भएको आदेश अपूर्ण हुने थिएन । कपी–पेष्ट नगरेको भए १० पेजको आदेश ५ पेजमै टुंगिन्थ्यो ।

‘नजिरको विषय र अरु प्रसंग सारिएको रहेछ भने ठूलो कुरा भएन । अर्को मुद्दाकोे निर्णयाधार नै सारेको भए कुरा बिग्रियो’ उनी भन्छन्, 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend